साबधान ! २०१७ मा एक रसियन कम्पनीले बनाएको अनुहार बुढो देखाउने एप प्रयोग आफ्नो facebook अकाउन्ट hack हुने विशेषज्ञहरुले दिए यस्तो खतरा चेतावनी !!
केहि दिन देखि एउटा एप खुब चलन चल्तीमा आएको छ, जसले मानिसको अनुहारले बुढो देखाउंछ । यो एपलाई सर्वसाधारणदेखि सेलिब्रेटीसमेत प्रायो गरेको हामीले देखेका छौ ।
२०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल बनेको हो ।
मंगलबार र बुधबार नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका छन् ।
यसरी भाइरल बनेको यो एप्सले प्रयोगकर्ताहरुलाई भने जोखिमको मुखमा पुर्याइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।
उनीहरुका अनुसार यो एप्सले तस्वीरलाई आर्टिफेसियल इन्टेलिजेन्समार्फ बुढो देखाउन तस्वीरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ । साथै प्रयोगकर्ताको ब्राउजर, आईपी एड्रेस, वेब रिक्वेस्ट, यूआरएल र कतिपटक प्रयोग गरियो भन्नेसमेत जानकारी रेकर्ड गर्छ । यो एप्सको प्रयोग सम्बन्धि शर्तहरुमा प्रयोगकर्ताहरुको फाइलबारे अटोमेटिक जानकारी लिने उल्लेख गरिएको छ ।
यसरी प्रयोगकर्ताहरुको डाटा यो एप्सले संकलन गर्छ । र विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुबारे डाटा चोरी हुने जोखिम बढेको हो ।
त्यसकारण केही विश्लेषकहरुले यो एप्स प्रयोग नर्गनसमेत सुझाव दिएका छन् ।