Type Here to Get Search Results !

आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुस्मामा भव्यताका साथ गुरु पूर्णिमा मनाइयो ।

आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुस्मामा भव्यताका साथ

गुरु पूर्णिमा मनाइयो ।





        श्री आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुस्मा पर्वतको प्राङ्गणमा विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गरी गुरु पूजन तथा सम्मान कार्यक्रम गरेका छन्।


        अज्ञानताको बादललाई हटाएर ज्ञान रुपी प्रकाश प्रदान गर्ने गुरुहरूलाई आजको विशेष दिन गुरु पूर्णिमाको अवसरमा मिठा मिठा परिकार,वस्त्र तथा मायाको चिनो प्रदान गरी विद्यार्थीहरूले गुरु पूजन तथा सम्मान गरेका थिए।

विद्यालयका संस्थापक, प्रिन्सिपल‌ तथा कार्यक्रमका प्रमुख अतिथि हिम बहादुर पौडेल क्षेत्रीले विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम गर्नुले आफू अत्यन्तै गौरवान्वित भएको बताउँदै अहिले पछिल्लो समयमा गुरु र शिष्यको सम्बन्ध घट्दै गएको छ भन्ने कुरा निराधार भएको पुष्टि भएको कुरा बताउनु भयो।

गुरु र शिष्यको सम्बन्ध प्राचीन समयमा जस्तो थियो अहिले नै उस्तै रहेको र यसलाई अझै मजबुत र दिगो बनाउन हामी सम्पूर्ण लाग्नुपर्ने कुरा बताउनु भयो। विगतका वर्षहरूमा गुरु पूर्णिमा समर बिदामा पर्ने भएकाले कक्षा आठ ,नौ र दसका विद्यार्थी भाइबहिनीहरू मात्र गुरु पूर्णिमालाई प्रत्यक्ष रूपमा गुरुहरूको समीपमा मनाउने गर्दै आएका भए पनि यो वर्ष छिट्टै परेकाले सम्पूर्ण विद्यार्थीहरूले गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान गर्ने अवसर प्राप्त गरेको कुरा बताउनु भयो।


         कार्यक्रममा लेखा तथा अभिलेख प्रमुख धर्म बहादुर पौडेल,एकेडेमी इन्चार्ज मिन बहादुर थापा,इसिए इन्चार्ज नारायण पौडेल , प्राइमरी इन्चार्ज अर्जुन शर्मा सापकोटा,शिक्षक कोर्डिनेटर दीपेन्द्र लामिछाने, सहायक शिक्षक कोर्डिनेटर हिरा गिरीले सम्पूर्ण विद्यार्थीहरूलाई गुरु पूर्णिमाको शुभकामना दिँदै गुरु र शिष्यको सम्बन्ध यसरी नै आगामी दिनहरूमा समेत निरन्तर रहिरहने कुरा बताउँदै आफूहरूले पनि आफ्ना चेलाहरूलाई सधैँ पुत्र वत् व्यवहार गर्ने प्रण गर्नुभयो।

         कार्यक्रम विद्यार्थीहरूले होस्टेल इन्चार्ज देवी पौडेल थापा, सहायक प्राइमरी इन्चार्ज प्रमिला के सी, सहायक प्राइमरी इन्चार्ज बबिना श्रेष्ठ,शिक्षक सरोज कुमार झा, रुपलाल फकामी मगर, किशोर आचार्य,रिना प्रधान,पूर्ण प्रसाद तिवारी,सरिता पौडेल,कुसुम शर्मा,चुना कुमारी पौडेल, मनीषा पौडेल, सावित्री भुसाल, सरस्वती कार्की, मिना के सी , बुद्धिमाया पुन, भोलिएन्टर शिक्षक सोसाइन पुन, कर्मचारी कृष्ण प्रसाद सुवेदी, नारायण गिरी,विजय पौडेल, कमला पुन, थममाया पुनलाई सम्मान गरेका थिए।

            कार्यक्रमको अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक, प्रिन्सिपल‌ हिम बहादुर पौडेल क्षेत्रीले केक काटेर हर्षोल्लासका साथ सम्पूर्ण विद्यार्थीहरूलाई शिक्षकहरूका तर्फबाट पेन्सिल र चकलेट वितरण गर्नुभएको थियो ।

          गुरु पूजन तथा सम्मान कार्यक्रममा स्वागत तथा शुभकामना कक्षा दसकी छात्रा रोजी क्षेत्री, गुरुको महिमा कक्षा सातका छात्र सुभम पौडेलले बताएका थिए। कार्यक्रमको अध्यक्षता विद्यालयका विद्यार्थी क्याप्टेन कक्षा दसका संयोग पौडेल र सामना मल्लले गरेका थिए भने सञ्चालन कक्षा दसका रिया हमाल र संयोग पौडेलले गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.