एउटा असल अभिभावकले विचार गर्नुपर्ने २० तथ्यहरु
We, #Parents are the #Idol to our #Children
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे
भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन !
२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५
मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस !
३, दैनिकी सबै बिषयको कापी हेर्नुहोस उस बिषयको
खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन !
४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ !
५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानि
बसाल्नुहोस !
६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ
भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न
दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन
चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि
बानी बसाल्नुहोस !
८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर
सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस !
९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार)
कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया
ठाउँमा बस्न सिक्छ्न !
१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न साहायता
गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य ,
आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन
रमाइलो बनाउछ !
११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र
पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन !
उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस्
बच्चाहरुलाई राम्रो लाग्ने छ !
१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न
हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं !
हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको
प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैनभने सोधपुछ गरेर दिनुहोस् !
१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र
गलत व्याख्या गर्नुहोस् )
१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा
राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले
छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ !
त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले
घाँटी हेरि हार्ड निल्नुहोस !
१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस !
१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आबश्यक हुँदा आफ्नो
निग्रानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !
१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै खाना
बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !
१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामिले आफ्नो बच्चालाई शिक्षा को साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जिबनमा सफ़ल र सहि मानिस बन्न सकुन !
२० हामिले आफ्नो अनुभव को आधारमा आफ्नो सन्तानको जिबनलाई सुन्दर र स्वास्थ्य राख्नलाई बच्चाको मद्दत गर्नुपर्छ !