Type Here to Get Search Results !

होटेलमा खाएर निस्किने बेलामा काउन्टरमा सोप राखिएको हुन्छ, किन ? एसको फाइदा पद्नुहोस


सोप हरेक घरको भान्सामा पाइने एक प्रकारको मसला हो । कतै होटेलमा खाएर निस्किने बेलामा जसले पनि सोप खाने गरेको पाइन्छ । हामीजसो धेरैले खाना वा खाजा खाइसके पछि सोप चपाउने गर्छौं । सोप न त स्वादिलो हुन्छ, न त बेस्वादको नै हुन्छ । यसलाई स्वादको लागि धेरै जसो मानिसले अलिकति चिनी तथा मिश्रीसंग मिसाएर खाने गरिन्छ । सोपमा क्याल्सियम, सोडियम, आयरन तथा पोटासियमको स्रोत हो जसमा धेरै औषधिय गुणहरु हुने गर्छन् ।
खाना खाइसकेपछि सोप चपाउनुको धेरै फाइदाहरु छन् । यसले हाम्रो शरीरलाई चिसोपन प्रदान गर्ने भएकोले यसलाई गर्मीको मौसममा निकै खाने गरिन्छ । यसको सेवनले हाम्रो मुखमा ताजापन ल्याउनुका साथै हाम्रो मुखको दुर्गन्ध समेत हटाउन मद्दत गर्छ । सोपलाई पाचकको रुपमा खान पचाउनका लागि समेत प्रयोग गरिन्छ । यसको नियमित सेवनले हाम्रो पाचन तन्त्रलाई सक्रिय गरेर खाना पचाउनुका साथै अरुचि, कब्जियतको समस्यालाई हटाउन मद्दत गर्छ ।
पखाला लागेको बेलामा होस् वा पेट सम्बन्धि कुनै पनि समस्या भएमा सोपको सेवन निकै उपयोगी हुन्छ । सोप र मिश्रीलाई खाएर पानी पिउने गर्दा यस्ता समस्याहरु तुरुन्तै कम भएर जाने गर्छ । मुखबाट अमिलो पानी वा अमिलो डकार आएमा सोपको सेवन लाभदायक हुन्छ । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि सम्पूर्ण समस्या नाश गर्नुका साथै पेटको दुखाईलाई पनि कम गर्न मद्दत गर्दछ ।नियमित रुपमा खाना खाएपछि सोपलाई चपाएर खानाले छालामा समेत चमक आउने गर्छ । हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र मिश्रीलाई पानीसित खानाले हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ । घाटी बसेमा वा घाँटीको करणले खोकी लागेमा सौपलाई मह संग चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै खोकीको समस्या निको भएर जान्छ ।
सोपमा भरपुर आइरन पाइने हुदा यसले रातो रगत कोशीकाको निर्माण गर्नुका साथै रगतमा हेमोग्लोब्लिनको मात्रा बढाउन मद्दत गर्छ । नियमित रुपमा सोपको सेवनले आँखालाई तेजिलो पार्नुका साथै हाम्रो स्मरण शक्तिलाई समेत बढाउन मद्दत गर्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.