Type Here to Get Search Results !

नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न आकर्षक डाटा प्याकका सुविधाहरु

नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न आकर्षक डाटा प्याकका सुविधाहरु ल्याएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने गरी सुविधाहरु ल्याएको हो । टेलिकमका सुविधाहरु यस्ता छन् ः १. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ । यो अफर लिनका लागि मोबाइलमा *1415*1*8*2# डायल गर्नु पर्नेछ । २. ७ दिनका लागि १.५ जीबी प्याक – ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्ने प्याक ल्याएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु.९५।– मा उपलब्ध गरेको छ । यो प्याक लिनका लागि मोबाइलमा *1415*1*1*4# डायल गर्नु पर्नेछ । ३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि मोबाइलमा *1415*8*2# डायल गर्नु पर्नेछ । ४. ५०० एमबी पर डे डाटा प्याक – जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गरेको छ । यो प्याक लिनका लागि मोबाइलमा *1415*1*9*3# डायल गर्नु पर्नेछ । ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्नेछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.